सर्वोच्चसँगको संकट भद्र ढंगमा टुङ्ग्याउन तीन दल तयार

प्रधानमन्त्री निवास वालुवाटार राती अवेरसम्म बसेका तीन दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो संकटलाई जसरी पनि शून्यमा झार्नु पर्ने भन्दै लामो विमर्श गरे। बैठकमा प्रतिपक्षी दलका नेता केपी ओलीले ‘सदनमा दर्ता भएको प्रधानन्यायाधिश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने र वातावरण सहज बनाउने’ प्रस्ताव राखेका थिए। तर नेता देउवा र दाहालले संसदको विशेषाधिकार अवहेलना सर्वोच्चबाट शुक्रबार आएको आदेशले विलखवन्दमा पारको र यसलाई कसरी मिलाउने भन्ने विषयमा केन्द्रित भएका थिए।
त्यसैगरी बैठकमा सर्वोच्च अदालतको सम्बन्धित पक्षसँग भइरहेका अनौपचारीक कुराकानीबारे पनि चर्चा भएको थियो। ‘नेताहरुले समस्या समाधानका लागि एक ठाउँमा आउनु पर्छ भन्ने महसुस गर्नुभएको छ’ बैठकपछि आइतबार अबेर राती माओवादी केन्द्रका एक नेताले भने, ‘ समाधानको एउटा रुपरेखा बनेजस्तो देखिन्छ।’
उनका अनुसार काँग्रेस–माओवादी सांसदहरुले दर्ता गरेको प्रन्या कार्कीविरुद्धको अभियोग फिर्ता लिने र शुक्रबारको आदेशसहित सर्वोच्चमा रहेको प्रन्या कार्की र महाअभियोगबारेको मुद्दा खारेज गर्ने भद्र सहमती भइसको छ। ‘संसद र अदालतले यो विषयमा कहाँ कसरी भद्र सहमतीको कार्यान्वयन गर्ने भन्ने प्रक्रिया मात्र तय हुन बाँकी छ’ उनले खुलाए ‘अन्यथा धेरै कुरा मिलिसकेको छ।’
सर्प पनि मर्ने र लठ्ठी पनि नभाँच्चिने बाटोमा रहेका ठूला दलका नेताहरुले अदालतसँग अन्य अङ्गको द्वन्द्व न्युनिकरण गर्न केही नेता तथा पूर्वन्यायाधिशहरुलाई खटाएको बुझिएको छ। आइतबारदेखि सर्वोच्चमा फर्केकी प्रन्या शुशीला कार्कीले आफूले कुनै पनि मुद्दा हातमा लिएकी छैनन्। नेता निकट सूत्रहरुका दावी पत्याउने हो भने उनले अबको एक महिनासम्म कुनै पनि विवादास्पद मुद्दा आफूले हेर्ने छैनन्। तर प्रन्या कार्की निकट सूत्रहरुले भने भनिएको भद्र सहमतिप्रति शंका व्यक्त गरेका छन्।
प्रन्या कार्कीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा ‘आफ्नो नियत सधैं न्याय र प्रणालीलाई सम्मान गर्ने रहेको’ बताएकी थिइन्। राष्ट्रपति भण्डारीले महाअभियोग प्रकरणबारे चासो राख्न्दै राज्यका अङ्गहरुबीच तनाव सृजना हुँदा राम्रो सन्देश नजाने भन्दै सबै शान्त र संयम्पूर्वक निकासमा लाग्न प्रन्या कार्कीलाई सुझाएको सितलनिवास स्रोतको भनाई छ।
प्रन्या कार्कीले भेट्नुअघि आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। भेटमा प्रम दाहालले पनि मौजुदा संकटबारे व्रिफिङ गर्दै यसबाट बाहिर आउन आफूहरुले गरिरहेको यत्नबारे भण्डारीलाई जानकारी दिएका थिए।
प्रतिकृया दिनुहोस्
Loading...