तेह्रथुममा भएको जिप दुर्घटनामा एघार यात्रु घाइते
गम्भीर घाइते चुहानडाँडाका जमुना कट्टेल, गीता कट्टेल, तुलसा बाँस्कोटा र पाँचथर फिदिमकी विमला विष्टलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।
सङ्क्रान्ति बजारबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको को१ज २३८५ नं को जिप चुहानडाँडा–७ स्थित माने डाँडामा दुर्घटना भएको हो। दुर्घटनापछि जिप चालक विशाल गहतराज फरार रहेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...