संसद्को बजेट अधिवेशन सोमबार
 

- काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । 
२०७४ जेठ ५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
