झापाबाट ५ किलो चरेससहित एक पक्राउ
 

झापाको बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्टेन्डबाट प्रहरीले बिहीबार ५ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपलिका–४, किरानचौर घर भई हाल काठमाडौं बालाजुमा डेरा गरी बस्दै आएका ३८ वर्षीय सिंहबहादुर लामा रहेका छन्।
लामालाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा तथा जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका लामा ठूलै गिरोहसँग जोडिएको हुनसक्ने आशंका गरी प्रहरीले उनीमाथिको अनुसन्धानलाई व्यापक बनाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका इन्स्पेक्टर सन्तोष निरौलाले बताए।
पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
