कतारमा भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल
 

अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ । 
सजाय पाउने नेपालीको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अरवीक दैनिक अलरैयाका अनुसार उनले बिजनेस र कतार आउने भिसा बिक्री गरेको थियो । 
ती नेपालीले एक बर्षको अवधीमा दुई सय आगमन भिसा चार लाख रियाल (एक करोड ८० लाख रुपैया)मा विक्री गरेको अनुसन्धानमा खुलेको वताइएको छ । 
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
