नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन
 

- काठमाडौँ ।
नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ ।  भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको नेविसङ्घ अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । 
अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको महरले जानकारी दिए। 
भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए ।
२०७४ जेठ १८ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
