प्रधानमन्त्री कप पुरुष क्रिकेटः बिजेतालाई २० लाख


प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिता हुने भएको छ। राजधानीमा बिहिबार पत्रकार सम्मेलन गर्दै यो जानकारी गराईएको हो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको ब्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो।

आगामी जेष्ठ ९ देखी २४ गते सम्म हुने प्रतियोगिता किर्तिपुर स्थित अन्र्तरास्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

नेपाली घरेलु क्रिकेटकै सर्बाधिक धनराशीको यो प्रतिस्पर्धामा बिजेता टोलीले २० लाख र उपबिजेताले १० लाख रुपैया पाउने छन्।

उक्त प्रतियोगितामा ५ बिकास क्षेत्र र ३ वटा बिभागिय क्रिकेट टोलीको सहभागीता रहनेछ।

प्रतिकृया दिनुहोस्

Loading...