एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’


काठमाडौं, २४ वैशाख ।

एनसेल ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ ।

राष्ट्रिय प्रसारणलाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड सन्चालकसँग सहकार्य गर्दै, सन्चार तथा ऊर्जा सेवा पुर्‍याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको जनाइएको छ ।

हालै मलेसियामा सम्पन्न २०औं टेलिकम एसिया अवार्डस् कार्यक्रममा एनसेललाई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...