फ्रान्सको राष्ट्रपतिमा ३९ वर्षका म्याक्रोन निर्वाचित
 

- काठमाडौँ २५ वैशाख ।
फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित भएका छन् । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिण पन्थी उम्मेद्वार मरिन लि पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 
म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर विजयी हुनुभएको बिबिसीले जनाएको छ । दक्षिण पन्थी नेतृ लि पेनले ३३ दशमलव ९४ प्रतिशत मत ल्याएकी छन् । ३९ वर्षका म्याक्रोन फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपति बनेकी छन् । 
यस्तै फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरुभएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टी भन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बनेका छन् । 
राष्ट्रपतिमा निर्वाचित भएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताए । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उनले बताएका छन् । 
९३ प्रतिशत भन्दा बढी मतगणना भइसक्दा म्याक्रोनले एक करोड ९३ लाख तथा लि पेनले एक करोड चार लाख मत पाएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 
चुनावी अभियानका क्रममा उम्मेद्वारले अर्काकामाथि आरोप प्रत्यारोप गरेका थिए । यसले देश राजनीतिक रुपमा विभाजित अवस्थामा पुगेको छ । 
म्याक्रोन र पेन गएको अप्रिल २३ मा भएको पहिलो चरणको चुनावमा अरु प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा पुगेका  थिए । 
पहिलो चरणको चुनावमा ११ जना प्रत्यासी थिए । मध्यमार्गी म्याक्रोनले व्यावसायिक विस्तार तथा युरोपियन युनियनको सर्मथक रहेका छन् ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
