अमेरिकी हवाई आक्रमणमा परि सिरियामा ८० जनाको ज्यान गयो
 

- एजेन्सी ।
अमेरिकाले गरेको हवाई आक्रमणमा सिरियामा ८० जनाको ज्यान गएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले कारबाही गरेको दावी गरेको छ । 
कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने क्षतिको समीक्षा गरिरहेको जनाएको छ । 
संयुक्त राष्ट्रसंघको मानवअधिकार विभागका वरिष्ठ अधिकारीले भने लडाईमा सहभागी सबै देशको वायुसेनाले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान राख्न अपिल गरेको छ । 
यसअघि गएको मार्चमा इराकको मसुलमा भएको अमेरिकी हवाई आक्रमणमा १ सय ५ जना भन्दा बढी नागरिकको ज्यान गएको अमेरिकी सेनाले पुष्टि गरेको थियो ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
