पोर्चुगलका मिडफिल्डर बर्नार्डो म्यानचेष्टर सिटीमा अनुबन्धित
 

- काठमाडौं ।
इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए । 
२२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् । 
साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले पोर्चुगलका लागि १२ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । उनी ४३ मिलियन यूरोमा सिटीमा अनुबन्धित भएका हुन् ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
